Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गण्डकी र इच्छाकामना जोड्ने त्रिशूली नदीमाथि मोटरेबल बेलिब्रिज सञ्चालन 

गण्डकी र इच्छाकामना जोड्ने त्रिशूली नदीमाथि मोटरेबल बेलिब्रिज सञ्चालन 

जोईन खबर

२०, भाद्र २०८१
  • 1.0K
    SHARES
  • गण्डकी र इच्छाकामना जोड्ने त्रिशूली नदीमाथि मोटरेबल बेलिब्रिज सञ्चालन 

    २० भदौ काठमाडौँ । गोरखाको गण्डकी गाउँपालिका १ बुटार र चितवनको इच्छाकामना गाउँपालिका ३ चुमखोलालाई जोड्ने त्रिशूली नदीमाथि बनेको मोटरेबल बेलिब्रिज  उद्वघाटना गरि सञ्चालनमा आएको छ। गोरखा सडक योजनाको समन्वयमा बुटारमा निर्माणाधीन १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजनाका निर्माण कम्पनी ब्लु इनर्जी प्राइभेट लिमिटेडले उक्त बेलिब्रिज निर्माण गरिएको हो।

    images

    आयोजनाका लागि आवश्यक सामान ढुवानीका लागि निर्माण गरिएको उक्त बेलिब्रिजको गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना र चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बुधबार संयुक्त रुपमा शुभारम्भ गरेका हुन्।झोलुंगे पुलबाट उत्पादित कृषिजन्य सामग्री ल्याउनुपर्ने बाध्यता रहेपनि अबका दिनमा गाडीबाटै ढुवानी गर्न सकिने भएपछि गण्डकी गाउँपालिकाका स्थानीयलाई सहज भएको छ।

    images
    images
    images

    इच्छाकामनाका विद्यालयमा अध्ययनका लागि गण्डकी गाउँपालिकाका तल्लो भेगका बालबालिकालाई विद्यालय आउन थप सहज पनि भएको छ।सो कम्पनीका निर्देशक निरञ्जन रेग्मीले १६ करोड १४ लाख खर्चेर पुल निर्माण गरिएको बताए।उनका अनुसार पुलको लम्बाइ ११६ मिटर र चौडाइ ४.२ मिटर रहेको छ। यो बेलिब्रिज २० टन भारवहन क्षमताको रहेको छ। एकपटकमा एउटा गाडी मात्र आवतजावत गर्न मिल्ने उनले बताए।उनले यो बेलिब्रिजले यहाँका स्थानीयको समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे। 

    प्रकाशित मिति :भाद्र २०, २०८१ बिहिवार - १२:५०:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको