२० भदौ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको बैठकमा ठगी, बेइमानी र जालजेझ जोगाउन ‘प्रचण्डलाई राउन्ड किक हानेको’ अभिव्यक्ति दिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीलाई जवाफ दिदैअब जनताको राउन्ड किक कस्तो हुन्छ, तिनले देख्छन् भनेर भनेका छन् ।
प्रचण्डले छलकपट गर्न खोजेको चाल पाएपछि आफूले कांग्रेससँग सहकार्य गरेको भन्दै उनलाई ‘राउन्ड किक’ हानेर सरकारबाहिर पठाएको ओलीले पोलिटब्युरो बैठकमा बताएका थिए । सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।
प्रचण्डले सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानपूर्ण सङ्घर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएको उल्लेख गर्दै उनले यस्ता प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताए ।