२० भदौ काठमाडौँ । एन्फा महिला लिगमा बागमती युथ क्लबलाई २१ गोल गर्दै कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ । यस खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको पहिलो खेलमा कोशीको जितमा समिक्षा मगरले १ गोल गर्दा १ गोल उपहार स्वरुप पाएको थियो ।
बागमतीका लागि बिष्नु माया बलले सान्त्वना गोल फर्काइन् ।बागमतीकी दिव्या स्माईली मगरले ५४औं मिनेटमा आत्मघाती गोल गर्दै कोशीलाई अग्रता दिलाईन् । खेलको क्रममा बागमती युथ क्लबबाट गोल हुन नसके पछि कोशी ६ अंकका साथ शीर्ष स्थानमा पुगेको हो ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ । आज नै हुने दोस्रो खेलमा वालिङ नगरपालिका र कर्णाली प्रदेश खेल्दैछन् । खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।