Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशकमा पहाडी नियुक्त

नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशकमा पहाडी नियुक्त

जोईन खबर

२१, भाद्र २०८१
  • 616
    SHARES
  • नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशकमा पहाडी नियुक्त

    २१ भदौ काठमाडौँ । नेपाल दूससञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पहाडीलाई आगामी चार वर्षका लागि टेलिकम प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।

    images

    पहाडी यसअघि २०८० असोज दोस्रो सातादेखि टेलिकमको निमित्त प्रबन्ध निर्देशक थिइन् । निमित्तको जिम्मेवारी सम्हाल्दा पहाडी नायब प्रबन्ध निर्देशक थिइन् । त्यो बेला सरकारले अर्को व्यवस्था नभएसम्मका लागि पहाडीलाई निमित्त प्रबन्ध निर्देशक भई काम गर्न दिने निर्णय गरेको थियो ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसनधान आयोगले ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’ मा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेपछि टेलिकममा तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल निलम्बनमा परेपछि अदालतबाट फैसला नआउन्जेल टेलिकमको नेतृत्व पहाडीले गरेकी थिइन् । यसअघि सुनिल पौडेल प्रबन्ध निर्देशक बन्दा सिफारिसमा परेका अन्तिम तीन जनामा उनको नाम थियो ।

    प्रकाशित मिति :भाद्र २१, २०८१ शुक्रवार - ११:४९:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको