Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बान्द्रे खोलामा आएको बाढीले बगाएर मृत्यु हुनेको संख्या  तीन पुग्यो

बान्द्रे खोलामा आएको बाढीले बगाएर मृत्यु हुनेको संख्या  तीन पुग्यो

जोईन खबर

२१, भाद्र २०८१
  • 616
    SHARES
  • बान्द्रे खोलामा आएको बाढीले बगाएर मृत्यु हुनेको संख्या  तीन पुग्यो

    २१ भदौ काठमाडौँ । बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ ।घटनास्थलभन्दा पाँच सय मिटर तल सापकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।

    images


     बिहीबार राती १२ बजे आएको बाढीले सोही वडाको कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाएको थियो ।

    images
    images
    images

    मोटरसाइकल र स्कुटर बगाउँदा मुत्यु भएका बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अविशेक रेग्मीको शव रातिनै घटनास्थलदेखि दुई सय मिटर तलबाट उद्दार गरी धौलागिरि अस्पतालमा लगिएको प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।

    प्रकाशित मिति :भाद्र २१, २०८१ शुक्रवार - १२:०७:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको