Logo

बिहिवार, कार्तिक १३ गते २०८३

  स्याउ बोकेर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना

  स्याउ बोकेर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना

जोईन खबर

२१, भाद्र २०८१
  • 625
    SHARES
  •   स्याउ बोकेर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना

    २१ भदौ काठमाडौँ । स्याउ बोकेर मकवानपुरबाट काठमाडौं आउँदै गरेको गाडी दुर्घटना भएको छ ।  गाडी दुर्घटना इन्द्रशरोवर गाउँपालिका वडा ५ मकैबारी फाखेल मातातिर्थ सडकखण्डमा मध्यराति दुर्घटना भएको हो।

    images

    हिजो बेलुका आउँदै गरेको ना ३ च ६२४५ नम्बरको गाडी उकालो चढ्न नसकेर ब्याक भएर सडकबाट दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।गाडीका चालक वीरगन्ज महागनरपालिका-१६ इनर्वा बस्ने २७ वर्षीय लक्ष्मी प्रसाद यादव सामान्य घाइते भएका छन्।

    images
    images
    images

    सहचालक ३० वर्षीय रमेश पटेल सकुशल छन्। घाइतेको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। गाडी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। गाडीमा रहेको क्षती बारे विवरण आउन बाकी छ । 

    प्रकाशित मिति :भाद्र २१, २०८१ शुक्रवार - १३:२९:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको