२१ भदौ काठमाडौँ । सबै स्थानीय तहमा विद्यार्थीहरूले छात्रवृत्ति पाएरनपाएको सरकारले अनुगमन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘सामुदायिक विद्यालयमा कक्षा ६–१० का विपन्न विद्यार्थीहरूको लागि वार्षिक १८ र विज्ञान विषय अध्ययन गर्नेको लागि वार्षिक २४ हजार रुपैयाँ अनुदान दिएको छ ।
यसका लागि रु ६० करोड अनुदान दिएको छ ।त्यस्तै उनले दुर्गम तथा अन्य क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत २२ वटा सूचीकृत जाति र सीमान्तकृत वर्गका गैरआवासीय विद्यार्थीका लागि प्रतिविद्यार्थी वार्षिक १ हजार देखि ३ हजार ५ सय रुपैयाँसम्म छात्रवृत्तिका लागि रकम प्रदान गरिएको बताएका छन् ।
यसका लागि ५९ करोड रुपैयाँ रकम विनियोजन भएको जनाकारी दिए । प्रधानमन्त्रीले उल्लेखित छात्रवृत्ति रकम प्रत्येक स्थानीय तहका प्रति विद्यार्थी लागत हिसाब गरेर कार्यविधि शिक्षा मन्त्रालयको वेबसाइटमा राखिएको समेत जनाएका छन् ।