२२ भदौ काठमाडौँ । पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।आज बिहान साढे ७ बजे चितवनको इच्छाकामना गाउँपालिका - ३ स्थित मुग्लिन-काठमाडौं सडकखण्डको फिस्लिङ नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको थियो ।
सडक विभागले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको हो ।सडक सञ्चालनमा आएसँगै जाममा परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।