२३ भदौ काठमाडौँ । आज आइतवार बिहान गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा मधेश, बागमती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन(चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।
कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश, बागमती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन(चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशभर केही दि लगातार बर्षा भएको थियो ।