२३ भदौ काठमाडौँ । मुग्लिन नारायणगढ सडक खण्डको जुगेडीमा ट्रक र स्कुटर ठोक्किएर दुर्घटना हुदा स्कुटर चालको मृत्यु भउको छ ।
उक्त दुर्घटना नारायणगढबाट मुग्लिङ तर्फ आउदै गरेको ना ८ ख ५९६१ नम्बरको ट्रक र विपरित दिशाबाट जादै गरेको बागमति प्रदेश ०३ ००२ प ६१७८ नम्बरको स्कुटर गएराति ९ बजे ठक्कर खादा स्कुटर चालक मुत्यु भएको हो ।
घटनामा मुत्यु हुनेमा घासीकुँवा तनहुँका वर्ष ३६ का कृष्ण बहादुर थापा मगरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । घटना बारे थप विवरण आउन बाकी छ ।