Logo

बिहिवार, कार्तिक १३ गते २०८३

डीभी प्रयोजनको लागि नक्कली मार्कसिट, एकेडेमिक ट्रान्सक्रिप्सन बनाई पेस गर्ने एक व्यक्ति पक्राउ 

डीभी प्रयोजनको लागि नक्कली मार्कसिट, एकेडेमिक ट्रान्सक्रिप्सन बनाई पेस गर्ने एक व्यक्ति पक्राउ 

जोईन खबर

२४, भाद्र २०८१
  • 700
    SHARES
  • डीभी प्रयोजनको लागि नक्कली मार्कसिट, एकेडेमिक ट्रान्सक्रिप्सन बनाई पेस गर्ने एक व्यक्ति पक्राउ 

    २४ भदौ काठमाडौँ । अमेरिकन दूतावासमा इलेक्ट्रोनिक डाइभर्सिटी भिसा ९डीभी० प्रयोजनको लागि एसईई र कक्षा १२ को नक्कली मार्कसिट, एकेडेमिक ट्रान्सक्रिप्सन बनाई पेस गर्ने  व्यक्तिहरू पक्राउ परेका छन्।

    images

    विशेष सूचनाको आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा भदौ २१ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले महाराजगञ्जस्थित अमेरिकन राजदूतावास नजिकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    images
    images
    images

    पक्राउ पर्नेहरूमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ घर भई हाल ईमाडोल बस्ने वर्ष ३२ की गोमा पाण्डे, सर्लाहीको लालबन्दी नगरपालिका–१० घर भई हाल ललितपुर टिकाथली बस्ने वर्ष २८ को अनिल कुमार महतो, झापाको अर्जुनधारा नगरपालिका–८ घर भई हाल ईमाडोल बस्ने वर्ष ५० को गोपाल प्रसाद घिमिरे र संखुवासभाको खाँदवारी नगरपालिका–९ घर भई हाल भक्तपुकोर मध्यपुर ठिमी–५ बस्ने वर्ष ४३ को सुवास रहेका छन्।

    उनीहरूलाई नक्कली शैक्षिक प्रमाणपत्र सहित लिखत सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।

    प्रकाशित मिति :भाद्र २४, २०८१ सोमवार - ११:२२:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको