२४ भदौ काठमाडौँ । गोरखाको सदरमुकाममा दिउँसै एक बटुवाको घाँटीको सिक्री लुटपाट भएको छ ।
हिजो आइतबार साँझ ५ बजेतिर गोरखा सदरमुकामको छहरेको बालमन्दिर विद्यालय क्षेत्रबाट दाउरी माया रानाले लगाएको डेढ तोलाको सुनको सिक्री मोटरसाइकलमा कुदिरहेका बेला लुटपाट गरि फरार भएका हुन् ।
सुन चोरी गर्नेहरु कालो स्कुटरमा आएका दुईजना अपरिचित व्यक्तिले विद्यालय वरपर बाख्रा चराइरहेकी महिलाको गलाबाट सिक्री लुटी गरि फरार भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रहरीका अनुसार घटना बारे जानकारी भए संगै हामी लुटेराहरुको खोजतलास कार्य लागि रहेकाछौ फेला नपारिएको बताए । यस्तो घटना गोरखामा यो भन्दा अघि पनि रोहटेपानी क्षेत्रबाट एक महिलाको सुनको सिक्री लुटपाट भएको थियो । उक्त घटनाबारेपनि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।