Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राखेपद्वारा खेलाडीसहित १८ खेलकर्मी र संस्था सम्मानित

राखेपद्वारा खेलाडीसहित १८ खेलकर्मी र संस्था सम्मानित

जोईन खबर

२७, भाद्र २०८१
  • 601
    SHARES
  • राखेपद्वारा खेलाडीसहित १८ खेलकर्मी र संस्था सम्मानित

    २७ भदौ काठमाडौँ ।राष्ट्रिय खेलकुद परिषद् राखेपले १९ औं एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ गरी कुल पाँच खेलाडीसहित १८ खेलकर्मी र संस्थालाई बुधबार सम्मान गरेको छ ।भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको सभा मण्डप हलमा बुधबार राखेपले आफ्नो ६१औं वार्षिकोत्सवका अवसरमा सिनियर महिलामा एरिका र पुरुषमा स्यान्टुलाई सम्मान ग¥यो । दुवै समान एक लाख नगद पुरस्कारसहित सम्मानित भए ।

    images

    जुनियरतर्पm पुरुषमा क्रिकेटका दीपेश कँडेल र महिलामा एथ्लेटिक्सकी देविकीकुमारी धामी सम्मानित भए । दुवैलाई समान ५० हजार रुपैयाँसहित ट्रफी प्रदान ग¥यो । पारा एथलिट अवार्ड चौथो पारा एसियाली खेलकुदकी ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोवर्र्धनले प्राप्त गरिन् । पलेशालाई नगद ५० हजार रुपैयाँसहित ट्रफी प्रदान गरियो ।सोही अवसरमा राखेपले पलेशााका प्रशिक्षक कविराज नेगी लामा र आमा मनीता र बुवा प्रदीपलाई पनि कदरपत्रसहित सम्मान गरेको थियो ।

    images
    images
    images

    अखिल नेपाल कबड्डी संघ र नेपाल तेक्वान्दो संघलाई पनि कदर पत्रसहित सम्मान गरिएको थियो ।प्रशिक्षक कुशल श्रेष्ठले भने राखेपको करार प्रशिक्षकतर्पm पुरस्कार पाए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी   पाए । वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड नागरिक दैनिकका अनिल मल्ल ठकुरी र अनलाइन खबरकी नमिता दाहालले प्राप्त गरे ।राखेपले वार्षिकोत्सवको अवसरमा प्राविधिक र प्रसाशनिकतर्पm पनि उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको थियो । यस वर्षको सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार कबड्डीका प्रशिक्षक विष्णुदत्त भट्टले पाए । यसै विधाको प्रशासनतर्पm हीराप्रसाद पौडेल सम्मानित भए ।

    राखेपले दुवैलाई नगद २५ हजार रुपैयाँसहित सम्मान ग¥यो । उत्कृष्ट परिषद् सेवा पुरस्कार प्राविधिकमा टेबलटेनिस मुख्ख प्रशिक्षक राजेन्द्र कपाली र प्रशासनमा विरोधविक्रम जिसी नगद १५ हजार रुपैयाँसहित सम्मानित भए ।परिषद् सेवा पुरस्कारमा प्राविधिकतर्पm तेक्वान्दोका बलराम लामा र प्रशासनिकमा दुर्गादेवी बस्नेत सम्मानित भए । दुवै नगद १० हजारसहित सम्मानित भएका हुन् ।

    करारमा कर्मचारीतर्फ रिल्याक्सोलोजीका कृष्णहरि घिमिरे १० हजार नगदसहित सम्मानित भए । उत्कृष्ट खेल संघमा नेपाल कराते महासंघ, उत्कृष्ट स्थानीय तहमा घोडाघोडी नगरपालिका, कैलाली र उत्कृष्ट प्रायोजकमा सूर्य नेपाल प्रा।लिलाई कदर पत्रसहित सम्मान ग¥यो ।सोही अवसरमा राखेपले आफ्ना पूर्व सदस्य–सचिव जीवनराम श्रेष्ठ, हरिबाबु चौधरी, युवराज लामा र रमेश सिलवाललाई पनि सम्मान गरेको थियो । अन्य सदस्य–सचिवको भने कार्यक्रममा उपस्थित थिएन ।

    प्रकाशित मिति :भाद्र २७, २०८१ बिहिवार - १२:३८:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको