२७ भदौ काठमाडौँ । प्रथम डाक्टर बाबुराम पोखरेल मेमोरियल अन्तर(स्कुल सुपर सिक्स क्रिक्सल प्रतियोगिताको उपाधि ललितपुरको डीएभी सुशील केडिया विश्व भारती स्कुल ए टिमले जितेको छ। भीएस निकेतन स्कुलद्वारा आयोजित प्रतियोगिताको बुधबार ललितपुर, हात्तीबन स्थित जीएचसीए क्रिक्सलमा सम्पन्न फाइनलमा डीएभी ए ले डीएभी स्कुल बि टिमलाई पराजित गर्यो।
फाइनलमा टस जितेर ब्याटिंग गरेको डीएभी बि ले दिएको २५ रनको सामान्य लक्ष्य डीएभी ए ले मात्र ४ ओभरमा विकेट नगुमाई पुरा गर्दै ६ विकेटको जित दर्ता गर्यो। निर्धारित ६ ओभरको खेलमा डीएभी बि ले ५ ओभरमा सबै विकेट गुमाउन पुगेको थियो।प्लेयर अफ द फाइनल घोषित डीएभी ए का बलर केशव अग्रवालले घातक बलिंग गर्दै मात्र ६ रन खर्चेर ३ विकेट लिए।
यस्तै ब्याटिंगतर्फ सुब्रत मल्लिकले सर्वाधिक अविजित १४ रन बनाए। यस अघि आजै सम्पन्न पहिलो सेमीफाइनलमा डीएभी ए ले एलआरआई स्कुललाई २२ रनले तथा डीएभी बि ले अपि स्कुललाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थीयो। प्रतियोगिताको उत्कृस्ट खेलाडी डीएभी ए का प्रसिद्ध जैसी घोषित भए भने उत्कृस्ट ब्याटर पनि जैसीनै घोषित भए। उत्कृस्ट बलर मनकामना स्कुलका बिलक न्यौपाने घोषित भए। भदौ २४ गते देखि ३ दिन चलेको प्रतियोगितामा उपत्यकाका २६ वटा स्कुलका टिमहरु सहभागी थिए।