Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कान्छी श्रीमती लिइ कतार हिडेका आरुघाटका युवा अध्यागमन कार्यालयबाट पक्राउ

कान्छी श्रीमती लिइ कतार हिडेका आरुघाटका युवा अध्यागमन कार्यालयबाट पक्राउ

जोईन खबर

२७, भाद्र २०८१
  • 748
    SHARES
  • कान्छी श्रीमती लिइ कतार हिडेका आरुघाटका युवा अध्यागमन कार्यालयबाट पक्राउ

    २७ भदौ काठमाडौँ । गोरखा आरुघाटका एक युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयबाट पक्राउ परेका छन् । प्रहरीले उनलाई घरमा श्रीमती हुदा हुदै पनि अर्काेको श्रीमती लिई बैदेशिक रोजगारको लागि बिदेश हिडेका युवकलाई बहुविवाहको आरोपमा विमानस्थालबाट पक्राउ गरिएको हो ।

    images

    उक्त केशमा पक्राउ पर्ने गोरखा जिल्ला आरुघाट गाउँपलिका वाड न ६  घर भएका २८ वर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

    images
    images
    images

    जेठी श्रीमती रिता गुरुङले यही भदौ २३ गते जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको जाहेरी दर्ता गरे पछि उनको श्रीमान लगत्तै विदेश जान लागेको थाहा पाएपछि अध्यागमन कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयसँग  सहकार्य गरि उनलाई विभाग बाट समातिएको हो ।

    सुरजकी जेठी श्रीमती रिताले आफू हुँदाहुँदै श्रीमानले कान्छी घताने गुरुङसँग विवाह गरेको भन्दै प्रहरीमा बहुविवाहको जाहेरीमा मुद्दा दर्ता  गएिको थियो । उक्त उजुरीको आधारमा सोमबार जिल्ला अदालत कार्यालयबाट पक्राउका लागि अनुमति लिई उनलाई  पक्राउ गरी जिल्ला अदालत गोरखा पुराइएको हो ।  पक्राउ परेका सुरजलाई हिरासतमा राखी थप अनुसन्धान गरिएको जानकारी दिए । 

    प्रकाशित मिति :भाद्र २७, २०८१ बिहिवार - १४:४७:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको