Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु एक जना घाइते

भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु एक जना घाइते

जोईन खबर

२८, भाद्र २०८१
  • 565
    SHARES
  • भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु एक जना घाइते

    २८ भदौ काठमाडौँ । गलकोट नगरपालिका वडा न २ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु  र एक जना घाइते भएका छन् ।

    images

    उक्त दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए । प्रहरीका अनुसार गलकोटतर्फ जाँदै गइरहेको जीप दुर्घटना भएको हो।दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन।

    images
    images
    images

    दुर्घटनामा एक पुरुष घाइते भएका छन्। प्रहरी घटनास्थल पुगेर उद्धारमा जुटेको छ। घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ। यस घटना बारे थप विवरण अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिए । 

    प्रकाशित मिति :भाद्र २८, २०८१ शुक्रवार - १०:०७:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको