Logo

बिहिवार, कार्तिक १३ गते २०८३

२१औं वार्षिक साधारण सभामा महिला उद्यमी महासंघ नेपालद्वारा पलेशा सम्मानित

२१औं वार्षिक साधारण सभामा महिला उद्यमी महासंघ नेपालद्वारा पलेशा सम्मानित

जोईन खबर

२८, भाद्र २०८१
  • 685
    SHARES
  • २१औं वार्षिक साधारण सभामा महिला उद्यमी महासंघ नेपालद्वारा पलेशा सम्मानित

    २८ भदौ काठमाडौँ ।  महिला उद्यमी महासंघ नेपालले पारा तेक्वान्दोकी ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । महिला उद्यमी महासंघ नेपालले आफ्नो २१औं वार्षिक साधारण सभाको अवसरमा बिहीबार पलेशालाई नगदसहित सम्मान गरेको हो ।

    images

    बानेश्वरस्थित आनन्दभूमि इभेन्ट्समा भएको साधारण सभाको उद्घाटन सत्रको अवसरमा पेरिस पारालिम्पिकमा कांस्य विजेता पलेशा सम्मानित भएकी हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत र  महासंघकी अध्यक्ष शोभा ज्ञवालीले पलेशालाई सम्मानपत्र र नगद ५० हजार ५ सय रुपैयाँसहित सम्मान गरेको हो । अध्यक्ष ज्ञवालीले आफ्नो व्यक्तिगत तर्पmबाट पलेशालाई नगद सम्मान गरेकी हुन् । पलेशाले जितेको पदक नेपाली खेलकुदको अहिलेसम्मकै ठूलो सफलता हो ।ऐतिहासिक सफलता प्राप्त गरेकी पलेशालाई सम्मान गर्न पाउँदा गौरान्तिवत महसुस भएको महिला उद्यमी महासंघकी अध्यक्ष ज्ञवाली बताइन् ।

    images
    images
    images

    सो अवसरमा ज्ञवालीले पलेशाको अथक मिहिनेतबाट यो ऐतिहासिक सफलता प्राप्त भएको उल्लेख गर्दै उनलाई सम्मान गर्न पाउँदा महिला उद्यमी महासंघ नेपाल निकै हर्षित भएको बताइन् । पलेशाको यो यात्रा दृढ संकल्प, साहस र समर्पणको एउटा अद्वितीय उदाहरणको रूपमा रहेको महासंघकी अध्यक्ष ज्ञवालीको विश्वास छ ।ज्ञवालीले पलेशाको सफलताले खेलक्षेत्र मात्र नभई समाजमा रहेका हरेक महिलालाई असम्भव देखिएका कुराहरूलाई सम्भव बनाउन प्रेरणा मिल्ने आशा व्यक्त गरिन् ।

    पलेशाले यो प्रतिस्पर्धामा लड्नभन्दा अगाडि समाजसँग लड्न आफूले धेरै चुनौतीको सामना गर्नु परेको उल्लेख गर्दै आफूमा आत्मविश्वास र दृढ संकल्प भए हरेक अफ्ठ्यारा परिस्थिति पार गर्न सकिने बताइन् । महिला उद्यमीबाट सम्मान पाउँदा आफूलाई धेरै गर्विलो महसुस भएको उनको भनाइ थियो । उक्त कार्यक्रममा पलेशाका पिता प्रदीप गोवर्धनलाई पनि सम्मान गरिएको थियो ।

    प्रकाशित मिति :भाद्र २८, २०८१ शुक्रवार - ११:१४:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको