२८ भदौ काठमाडौँ । आज सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला सुन प्रतितोला १ लाख ५६ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
यस दिन सुन तोलामा ३००० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको हो।
व्यवसायीहरु भन्छन्, सुनको मूल्य अहिले सम्मको उच्च मूल्यमा पुगेको हो । हिजो सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो। चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेर कारोवार भएको छ ।
प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ७९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।