Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पुर्पक्षका लागि थुनामा रहेका प्रहरी निरीक्षक इन्सपेक्टर शिवाकोटी ३ लाख धरौटीमा छुटे

पुर्पक्षका लागि थुनामा रहेका प्रहरी निरीक्षक इन्सपेक्टर शिवाकोटी ३ लाख धरौटीमा छुटे

जोईन खबर

२८, भाद्र २०८१
  • 634
    SHARES
  • पुर्पक्षका लागि थुनामा रहेका प्रहरी निरीक्षक इन्सपेक्टर शिवाकोटी   ३ लाख  धरौटीमा छुटे

    २८ भदौ काठमाडौँ । बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि  ४ महिना थुनामा रहेका प्रहरी निरीक्षक इन्सपेक्टर विदुर शिवाकोटी  आज धरौटीमा छुटेका छन् ।

    images

    उच्च अदालत पाटनका न्यायाधीशद्धय टेकप्रसाद गुरुङ र हेमन्त रावलको इजलासले इन्सपेक्टर शिवाकोटीलाई ३ लाख धरौटीमा छाड्न बिहीबार आदेश दिएको उच्च अदालतका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले बताए ।उनी बिहीबार नै धरौटी बुझाएर रिहा भएका छन् ।

    images
    images
    images

    यसअघि शिवाकोटीलाई १९ असारमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

    शिवाकोटी आफ्नो घरमा घरेलु श्रमिकका रुपमा राखिएकी १२ वर्षकी बालिकालाई जबरस्ती करणी गरेको आरोपमा २३ जेठमा उनी पक्राउ परेका थिए ।

    प्रकाशित मिति :भाद्र २८, २०८१ शुक्रवार - १३:२४:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको