२८ भदौ काठमाडौँँ । काठमाडौँको सुनधारामा नवनिर्मित धरहरा असोज ३ देखि सञ्चालन गर्ने भएका छ।
सरकारले हिजो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ देखि धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई जिम्मा लिएको थियो ।
यस धरहर २०७२ को भूकम्पले ढल्नु अघि अघि संघीय सरकारले काठमाडौं महानगरपालिकालाई धरहरा सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो ।
बिहीबारको मन्त्रिपरिषद बैठकले भने धरहरा सञ्चालनसम्बन्धी यसअघिका सबै निर्णय खारेज गर्दै सञ्चालनको जिम्मेवारी शहरी विकास मन्त्रालयलाई दिएको हो ।