Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उपसभामुख रानालाई पदबाट हटाउन सम्भव छैन : पूर्व सभामुख सापकोटा

उपसभामुख रानालाई पदबाट हटाउन सम्भव छैन : पूर्व सभामुख सापकोटा

जोईन खबर

२८, भाद्र २०८१
  • 718
    SHARES
  • उपसभामुख रानालाई पदबाट हटाउन सम्भव छैन  : पूर्व सभामुख सापकोटा

    २८ भदौ काठमाडौँ । नेकपा ९माओवादी केन्द्र०का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नहुने बताएका छन् ।

    images

    शुक्रबार कुराकानी गर्दै पूर्व सभामुख सापकोटाले राजनीतिक उद्देश्यबाट प्रेरित भएर उपसभामुख रानालाई हटाउन खोजिएको बताएका हुन् ।उनले सत्तारुढ दलहरूले राजनीतिक कारण उपसभामुखलाई हटाउने कुरा उठाएको भन्दै उपसभामुखलाई हटाउन सम्भव नभएको बताए ।

    images
    images
    images

    उनले सरकार संवैधानिक परिषदमा अल्पमतमा परेका कारण उपसभामुखलाई हटाउने कुरा उठाइएको बताए ।उपसभामुख संवैधानिक परिषद्को सदस्य हुन्छ । अहिले सरकार अल्पमतमा छ । त्यसकारण त्यो उद्देश्यलाई टार्गेट गरेर उहाँले गरेका त्रुटिका आधारमा, त्रुटिमा टेकेर उहाँलाई हटाउन खोजिएको हो ।

    अहिले त अल्पविराम लागेको छ भन्ने मैले सुनेको छु । यो राजनीतिक कुरा हो ।सबैले बुझेका छन्, यो राजनीतिक उद्देश्यबाट प्रेरित छ । त्यसो भएको हुनाले यो सम्भव पनि छैन ।

    प्रकाशित मिति :भाद्र २८, २०८१ शुक्रवार - १६:००:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको