२८ भदौ काठमाडौँ । बागलुङको उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षसहित ३ जनाको जिप दुर्घटनामा परी मृत्यु भएकाहरु प्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुख व्यक्त गर्नु भएको छ ।
उहाँले शोकाकुल परिवारप्रति समवेदनासमेत व्यक्त गर्नुभयो । उक्त घटना बिरामी भेटेर घर फर्किदै गर्दा आज बिहान ९ बजेतिर रा १ झ २०० नम्बरको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढामगरसहित उनकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएको थियो । यस घटना घटेको बारेमा सोही ठाउको एक स्थानीयले घास काटन जादा देख्नु भए पछि प्रहरीलाई खबर गरिएको थियो ।