२८ भदौ काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आज गाडी खसेको छ। गाडी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित बबन्डरटोलबाट गाडी भोटेकोशी नदीमा खसेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले गाडी हेर्दा बोलेरो जस्तो देखिएको र क्रेन ल्याएर निकाल्ने प्रयास जारी रहेको छ ।
उनले अपराह्न १ बजेतिर उक्त घटना भएको बताए तर गाडी कहाँबाट कहाँ जाँदै थियो र मान्छे के(कति थिए भनेर यकिन भएको छैन।
अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले क्रेनको सहायताले गाडी नदीबाट निकाल्ने प्रयास गरिरहेका जनाइएको छ।