३० भदौ काठमाडौँ ।गोरखाको गोरखा नगरपालिकावडा न–९ दलभञ्ज्याङमा शनिवार टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। घटनामा दुई जना घाइतेमा एक जनाको मृत्यु रअर्का एक जना गम्भीर घाइते भएका थिए।
हिजो शनिवार ४ बजेतिर गोरखा बजारबाट आँबुखैरेनीतर्फ गइरहेको ग १ क ५६५४ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको बा ७० प २८७१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वासुदेव पाठकले बताए। दुर्घटनामा गम्भीर घाइते इलाम घर भएका २६ वर्षका सुरेन्द्र राईको उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका सङ्खुवासभा घर भएका जनम राईलाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ। दुबै जना गोरखास्थित नेपाली सेनाको रिप मर्दन गणमा कार्यरत रहेका जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेशकुमार श्रेष्ठले बताए। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।