Logo

बिहिवार, कार्तिक १३ गते २०८३

खाने तेल बोकेर आएको ट्रक त्रिशुलीमा खस्यो, चालक र सहचालक बेपत्ता

खाने तेल बोकेर आएको ट्रक त्रिशुलीमा खस्यो, चालक र सहचालक बेपत्ता

जोईन खबर

३०, भाद्र २०८१
  • 715
    SHARES
  • खाने तेल बोकेर आएको ट्रक त्रिशुलीमा खस्यो, चालक र सहचालक बेपत्ता

    ३० भदौ काठमाडौँ । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालबाट मालबाहक ट्रक त्रिशूली नदी किनारमा खसेको छ।

    images

    भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालको २५ किलो भन्ने ठाउँबाट मालवाहक ट्रक त्रिशूली नदी किनारमा खसेको चितवन प्रहरीले जनाएको हो । उक्त ट्रक सिमराबाट  खाने तेल बोकेर काठमाडौँ  तर्फ आउँदै गरेको ना.६ ख ६२८३ नम्बरको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले  बताएको छ ।

    images
    images
    images

    दुर्घटना ग्रस्त ट्रकका चालक र सह चालक अहिलेसम्म सम्पर्कमा नआएको र उनीहरुको खोजी कार्य तिव्र गतिमा भइ रहेको प्रहरीको भनाइ  छ ।

    घटना आज बिहान भएको खबर प्रप्ता भए पछि अहिले घटनास्थलमा  उनीहरुको खोजी तथा उद्धार लागि नेपाल प्रहरी ,स्थानिय परिचालन गरिएको हो । घटना बारे अहिले सम्म केही जानकारी आएको छैन र थप विवरणको अनुसन्धान भई रहेको छ । 

    प्रकाशित मिति :भाद्र ३०, २०८१ आइतवार - १०:४३:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको