३० भदौ काठमाडौँ । ललितपुरको कुपण्डोलमा हिजो दिउँसो भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन गर्न सुरु भएका छ ।
सडक हिजो भासिए पनि मर्मत कार्य भने आज बिहान ९ बजे सकिए पछि सवारी चलाउन सुरु गएिको हो । उक्त सडकमा हिजो एक्कसी मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडकमा पानीको पोखरी भएर सडक समेत भासिएर एक लेनमा सवारी सञ्चालन भइ पनि सडक विभागलाई खबर गरि मर्मत गरे पछि अहिले बाट सवारी दुवै लेनमा सचलन सुरु गरेको छ ।
हिजो साँझदेखि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो। भासिएको सडकमा भने अहिले ग्राबेल मात्र गरिएको छ । त्यस सडकमा तत्काल कालोपत्रे गर्ने नमिल्ने सडक विभागले बताए ।