३० भदौ काठमाडौँ । अब नेपालमा हुने साना डिजिटल कारोबारलाई निस्शुल्क बनाउने विषयमा छलफल भइरहेको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत बताएका छन् ।
प्रधानमन्त्रीले आज बिहान सामाजिक सञ्जालमा आफनो फेसबुक पेजमा पोस्ट राख्दै अब देखि साना कारोवार डिजिटल भुक्तानीमा लाग्ने कर शुल्क हटाउने विषयमा छलफल मन्त्रीपरिषदको बैठकमा गरि रहेको बताए ।
अहिले साना लेन देनका काम मोबाइल बैंकिङमार्फत ट्रान्सफर गर्दा लाग्ने अतिरिक्त शुल्कको विषयमा जनगुनासो बढ्दै गएको यस बिषयलाईले छलफलमा ल्याएको जानकारी दिए ।
प्रधानमन्त्तीले लेखेका छन्, “इन्टरनेटको सहजताले होला, सानोसानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त छौं र मोबाइल बैंकिङमा साना कारोबार गर्दा लाग्ने शुल्कको समस्या समाधान गर्न सम्बन्धित अधिकारीसँग छलफल गरिरहेको उनले जानकारी दिएका छन् ।
