३० भदौ काठमाडौँ । नेपाली टेलिश्रृंखला राधाकृष्ण यही गएको शुक्रवारदेखि प्रसारणमा आएको छ । यो टेलिश्रृंखला प्रसारण गर्नु भन्दा एक दिन अघि तथा बिहीबारका दिन राधाकृष्णका कलाकारहरु काठमाडौँमा एक कार्यक्रमबिच सो जानकारी गराइएको थियो ।टेलिश्रृंखलाको बारेमा जानकारी दिँदै कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्वे)ले हरेक हप्ताको शुक्रबार साँझ ७ बजे बल्छी धुर्वे युट्युबमा टेलिश्रृंखला प्रसारण हुने जानकारी दिए ।
कलाकार श्रेष्ठले टेलिश्रृंखलामा १० वर्षे माओवादी जनयुद्धताकाका घटनाहरुलाई देखाइने बताए । जनयुद्धकै कारणले स्वतन्त्र रूपमा बोल्ने अधिकार पाएको भन्दै उनले समाजमा परिवर्तन ल्याएको पनि जनयुद्धले नै भएको बताए । उनले बल्छी धुर्वे माओवादी भएछ भन्ने अफवाह नराख्न समेत आग्रह गरे ।
यस जनयुद्ध कारण समाजमा ठुलो परिवर्तन गरेको छ । कस्ता घटना भएका थिए । समाजलाई कहाँसम्म लगेको थियो भन्नेबारेमा हुन्छ । यो भिडियो सार्वजानि भएसंगै पहिलो भागमा त्यति बेलाको जनयुद्व सुरु भए पछि अहिले सम्म भएका परिर्वतन बारे देखाउन खोजीएका छन् । यस टेलिश्रृंखलाले पहिलाका मान्छेलाई समेत स्मरण र अहिले नयाँ पुस्तालाई समेत यस घटना बारे बुझाउन सकिने छ । यस टेलिश्रृंखलाले पहिलाे भागकाे सुरूकाे १ दिनमा २५३ हजार जनाले हेरेर साथ दिनु भयाे भने १२ सय जनाले कमेन्ट र १७ हजार लाईक समेत गर्नु भएकाे छ । यस टेलिश्रृंखला हेरेर दर्शकले सामाजिक सञ्जालमा कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्वे) लाइ प्रसंशा समेत गरेका छन् ।