Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालले दक्षिण एसियाली यु–१९ फुटसल प्रतियोगिताको जित

नेपालले दक्षिण एसियाली यु–१९ फुटसल प्रतियोगिताको जित

जोईन खबर

३०, भाद्र २०८१
  • 712
    SHARES
  • नेपालले दक्षिण एसियाली यु–१९ फुटसल प्रतियोगिताको  जित

    ३० भदौ काठमाडौँ । नेपालले दक्षिण एसियाली फुटसल प्रतियोगिताको यु–१९ ब्वाइजमा शनिबार ४ खेलमा जित हात पारेको छ । नेपालको ‘ए’ र ‘बी’ टिमले समान २–२ जित निकालेका हुन् ।नेपाल विद्यालय खेलकुद महासंघ र प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपाल ‘ए’ ले बंगलादेशलाई ५–२ तथा भारतलाई १८–१ गोलले पराजित ग¥यो ।

    images

    सातदोबाटोस्थित आयोजक प्रिमियरको हातामा भएको प्रतियोगितामा नेपाल ‘बी’ ले भारतलाई १३–१ त्था बंगलादेशलाई ८–२ गोलअन्तरले हरायो ।प्रतियोगिताको पूर्व शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे ।

    images
    images
    images

    सो अवसरमा आयोजक महासंघका अध्यक्ष विनोद श्रेष्ठ, महासंघका महासचिव एवं अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्की, प्रिमियरकी एकेडेमिक डाइरेक्टर प्रविना थापा, आयोजक महासंघका उपाध्यक्ष मोहन कार्कीलगायतको उपस्थिति रहेको थियो ।बंगलादेश विद्यालय खेलकुद महासंघ र दक्षिण एसियाली विद्यालय खेलकुद महासंघको सहयोगमा भएको प्रतियोगिताको ब्वाइजमा नेपालको २ सहित ४ टिम सहभागी छन् ।

    गल्र्सको यु–१७ मा नेपालको २ सहित ३ टिम सहभागी छन् । राउन्ड रोविन लिगमा शीर्ष २ स्थान हात पार्ने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।

    प्रकाशित मिति :भाद्र ३०, २०८१ आइतवार - १३:५४:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको