Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आयो राइड्स नेपालले चितवनमा १० रुपैयाँमा सवारी सेवा अफर घोषणा ग¥यो

आयो राइड्स नेपालले चितवनमा १० रुपैयाँमा सवारी सेवा अफर घोषणा ग¥यो

जोईन खबर

३१, भाद्र २०८१
  • 2.5K
    SHARES
  • आयो राइड्स नेपालले चितवनमा १० रुपैयाँमा सवारी सेवा अफर घोषणा  ग¥यो

    ३१ भदौ चितवन ।आयो राइड्स नेपालले चितवनमा आफ्नो नयाँ सवारी सेवा अफरको घोषणा गरेको छ ।  जसअन्तर्गत चितवनभर १० रुपैयाँमा सवारी सेवा प्रदान गरिएकाे छ। यो विशेष अफर कम्पनीले आफ्नो नयाँ एपको लन्चको अवसरमा सुरु गरेको हो।आयो राइड्स नेपालले  १ वर्ष वीरगन्ज, हेटौँडा, र अन्य प्रमुख शहरहरूमा सस्तो र सुविधाजनक सवारी सेवाहरू उपलब्ध गराउँदै आएको छ।

    images

    अब चितवनका बासिन्दाहरूलाई पनि यो विशेष अफरको फाइदा उठाउने अवसर प्राप्त भएको छ। कम्पनीले चितवनमा १० रुपैयाँको अफरमार्फत ग्राहकलाई आकर्षित गर्ने र आफ्नो सेवा विस्तारलाई थप प्रभावकारी बनाउन चाहन्छ। नेपालभर आयो राइड्स नेपालले २ किमी २५ रुपैयाँमा, १० यात्रामा छुट, ५ यात्रामा छुट जस्ता विभिन्न अफरहरू पनि प्रदान गरेको छ।

    images
    images
    images

    यससँगै, नेपालमा राइड सेयरिङको माध्यमबाट धेरैलाई सुविधा र रोजगारको सिर्जना गर्दै छोटो समयमा नै यसले आफ्नो पहिचान बनाउन सफल भएको छ। साथै, सस्तो र सुविधाजनक अफरहरूका कारण यसले उच्च मात्रामा अर्गानिक रिच हासिल गरेको छ, जसले गर्दा यसको सेवा अझ धेरै मानिसहरूसम्म पुग्न सफल भएको छ।

    आयो राइड्स नेपाल नेपाली लगानीमा र नेपाली डेभलपरद्वारा बनाइएको पहिलो एप हो। यो एपले सवारी सेवाको क्षेत्रमा नविनता ल्याउँदै, विभिन्न सस्तो र सुविधाजनक अफरहरू मार्फत प्रयोगकर्ताहरूलाई समर्पित सेवा प्रदान गरेको छ। कम्पनीले ग्राहकहरूको सहजता र सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको छ र यस नयाँ अफरले थप ग्राहकलाई आकर्षित गर्ने अपेक्षा राखिएको छ।

    यस विशेष अफर अन्तर्गत, १० रुपैयाँमा ५ किलोलिटरसम्मको यात्रा गर्न सकिन्छ। यसभन्दा बढीको यात्रा भएमा, सामान्य भुक्तानी दर लागू हुनेछ। कम्पनीका सह(प्रस्तापक अभिषेक अधिकारी ले आगामी दसैं र तिहारको पर्वमा अझ बढी आकर्षक र सस्तो अफर ल्याउने आश्वासन दिएका छन्। यसले चाडपर्वको समयमा ग्राहकहरूलाई थप फाइदा पुर्याउने र आयो राइड्सको लोकप्रियता बढाउने अपेक्षा गरिएको छ।

     

     

    प्रकाशित मिति :भाद्र ३१, २०८१ सोमवार - १०:४४:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको