३१ भदौ काठमाडौँ । बारा उनासी पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु ४२ जना घाइते भएका छन् । गएराति साढे १२ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने निजगढ नगरपालिका-८ स्थित उनासी पुलबाट बस तल खसेर दुर्घटना हुदा ४२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
दुर्घटनामा मृत्यु हुने दाङको गडवा गाउँपालिका वडा न ५ घर भएका ४५ वर्षीय चेतन राय यादवको गम्भीर घाइते पछि उपचारको क्रम वीरगन्जस्थित बयोधा अस्पतालमा आज बिहान मृत्यु भएको हो। हिजो विराटनगरबाट दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भएर पुलबाट तल खसेको प्रहरीले बताए ।
घटनामा घाइते ४२ जनामध्ये ७ जनाको अवस्था भने गम्भीर रहेको अस्पतालका डक्टरले जनाए । घाइते सात जनाको अहिले बयोधा अस्पतालमा उपचार भइरहेको डीएसपी प्रकाश सापकोटाले जानकारी दिए । अरु ३६ जनाको अवस्था सामान्य छ र उनीहरुको निजगढकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
अगाडिपट्टीको पट्दा भाचिँदा बस अनियन्त्रित भएर पुलबाट तल खसेको अनुसन्धानको क्रममा खुलेको छ । दुर्घटनामा परि घाइते भएकाहरु को भने परिचय खुली सकेको छैन् ।