३१ भदौ काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यले तोलामा ५ सयले बढेर कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजोको मूल्यमा भन्दा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । हिजो आइतबार सुन एक लाख ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
गत शुक्रबारदेखि सुनको मूल्यले निरन्तर रुपमा बढदै गएको हो । चाँदीको मूल्य आज सोमबार एक हजार ९१५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो भन्दा आज चाँदीमा १५ रुपैयाँले बढेर हो ।चाँदीको मूल्य प्रतीतोल एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।