Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तनहुँको मादीनदीले बगाएका बालक एक हप्ता सम्म पनि भेटीएन

तनहुँको मादीनदीले बगाएका बालक एक हप्ता सम्म पनि भेटीएन

जोईन खबर

३१, भाद्र २०८१
  • 700
    SHARES
  • तनहुँको मादीनदीले बगाएका बालक एक हप्ता सम्म पनि भेटीएन

    ३१ भदौ काठमाडौँ । तनहुँमा मादीनदीले बगाएका बालक एक हप्ता सम्म पनि भेटीउको छैन । व्यास नगरपालिका–३ देउराली नगर निवासी १५ वर्षीय रोनाल्ड थापा सोही नगरपालिका–४ को कन्काई बोडिङ स्कूलमा कक्षा १० मा अध्यनरत बिधार्थी गत सोमबारदेखि बेपत्ता भएका प्रहरीले बताए ।उनी घरबाट विद्यालय जान्छु भनि हिँडेका तर विद्यालय नगई साथीभाइसँग नदीमा नुहाउन गएका थिए।

    images

    थापा बेलुका सम्म घर नफर्किएपछि परिवारले छोरा हराएको जानकारी पाएका थिए।सोमबार दिउँसो १ बजेको समयमा मादीनदीले एक बालक बगाएको भनि प्रहरीमा सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। घट्ना भएको दिनदेखि प्रहरीले आफ्नो क्षेत्रबाट खोजीलाई तीव्रता दिँदै आए पनि फेला नपरेको हो ।

    images
    images
    images

    ती बालकसँगै नदीमा नुहाउन गएका अन्य दुई बालकलाई प्रहरीले  नियन्त्रणमा लिएर सोधपुछ गरि छाडिसकेको छ। प्रहरीका अनुसार बालकको खोजी कार्य गतिले खोज्दा पनि नभेटीदा बालकका बुबाले मेरो छोराको नियोजित हत्या भए जनाए । 

    प्रकाशित मिति :भाद्र ३१, २०८१ सोमवार - १४:१४:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको