३१ भदौ काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग २ को सिरिजमा नेपालले क्यानडासंग खेल्ने भएको छ । यस खेलमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज अन्तर्गत आज पहिलो खेल खेल्ने भएको हो ।
यो खेल नेपाली समय अनुसार राति ७ ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुँदै छ।क्यानले यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ।
नेपाली टोलीमा रोहित पौडेल ९कप्तान०, कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् ।
नेपालले लिग-२ मा अहिलेसम्म ४ खेल खेलेको छ। जसमा एक जित हासिल गरेको छ भने ३ खेल हार बेहोरेको छ।