१ असोज काठमाडौँ । गोरखाको गण्डकी गाउँपालिकामा भएको प्रथम पालिका स्तरीय कर्मचारी फुटवल खेल प्रतियोगिताको उपाधी आरुघाट गाउँपालिकाले हात पारेको छ ।
खेल गाउँपालिकाको मकैसिङ खेलमैदानमा भएको प्रतियोगितामा जिल्ला भरीका ११ टिमको सहभागीता रहेको स्वास्थ्य शाखाका कुमार सुनारले बताए । खेलको क्रममा फाइनल खेलमा बारपाक सुलिकोट गाउँपालिकालाई २–१ को गोल अन्तरले हराउँदै आरुघाट गाउँपालिकाले उपाधी जितेको थियो । फाइनल खेलमा हार व्यहोर्दै बारपाक सुलिकोट दोस्रो भएको हो ।
प्रतियोगिताका उपाधी बिजेता र उपबिजेता टिमलाई पुरस्कार स्वरुप बोका दिइएको आयोजक गण्डकी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाको प्रमुख अतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको थियो ।