Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 आज देशभर विश्वकर्मा पूजा गरिदै

 आज देशभर विश्वकर्मा पूजा गरिदै

जोईन खबर

१, आश्विन २०८१
  • 682
    SHARES
  •  आज देशभर विश्वकर्मा पूजा गरिदै

    १ असोज काठमाडढौँ । आज देशभर विश्वकर्मा पूजा गरि मनाउदै छन् ।आजको दिन हिन्दुहरुले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर बिश्वकर्मा पूजा  गरि मनाउने प्रचलन रहेको हो ।आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरिन्छ ।

    images

    सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलाई धोएर पूजा आजा  गरि रहेका हुन छन् ।  बिहानै गुड्ने सार्वजनिक सवारीका साधनलाई पनि बिहानै धोएर सफा पारी रिवन तथा विभिन्न ध्वजापतका लगाएर रंगीन बनाइएको छ ।गाडी मर्मत संभार गर्ने ग्यारेजलगायत हरेक सानाठूला फयाक्ट्रीमा आज सामानको दिगोपन र मुनाफाको कामना गर्दै पूजा गरिने चलन रहेको छ ।

    images
    images
    images

    पूजा गरिसकेपछि दिनभर ती सामानको प्रयोग नगर्ने चलन पनि छ । यस अवसरमा केहीले विश्वकर्माको मूर्ति बनाई पूजा गर्ने र प्रसाद चढाउने पनि गर्दछन् ।यो पूजा विशेष गरी मधेशी समुदायले धुमधाम र तामझामका साथ मनाउने गर्दछन् ।

    यसै अवसरमा तराईका विभिन्न जिल्लामा विश्वकर्मा बाबाको भव्य पूजा गरी गरिन्छ ।फलामको क्षेत्रमा काम गर्ने मजदुरहरुलाइ आजका दिन बिदा पनि दिने चलन छ । आजका दिन आफनो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिकोस भनि पूजा गरेका हुन छन् । 

    प्रकाशित मिति :आश्विन १, २०८१ मंगलवार - ०९:१६:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको