Logo

बिहिवार, कार्तिक १३ गते २०८३

स्तरोन्नतिपछि आजदेखि मनकामना केबलकार सञ्चालन

स्तरोन्नतिपछि आजदेखि मनकामना केबलकार सञ्चालन

जोईन खबर

१, आश्विन २०८१
  • 727
    SHARES
  • स्तरोन्नतिपछि आजदेखि मनकामना केबलकार सञ्चालन

    १ असोज काठमाडौँ ।  गोरखाको पहिलो मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित डिजिटल प्रविधिमा सञ्चालन हुने छ ।

    images

    केबकारको तारको लट्ठा मर्मतको  लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरिएको थियो । २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।

    images
    images
    images

    अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रुपान्तरण गर्ने काम सम्पन्न भएको उहाँले बताउनुभयो ।यस केबलकारको ‘बटम स्टेसन’ प्रवेशद्वार चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेसमा छ ।

    प्रकाशित मिति :आश्विन १, २०८१ मंगलवार - ०९:२६:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको