१ असोज काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको एक वर्षमा ४ करोड बराबरको आम्दानी गरेको छ । सदस्यता शुल्क, चन्दा तथा सहयोग, प्रकाशन बिक्री, ब्याज आय र अन्य गरी सो पार्टीले आर्थिक वर्ष २०८०र०८१ मा ३ करोड ४० लाख ३१ हजार ६३४ रुपैयाँ आम्दानी गरेको हो ।
पार्टीको मंगलबारदेखि राजधानीमा सुरु भएको राष्ट्रिय भेलामा कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेस गर्दै सो जानकारी दिएकी हुन् ।
उनका अनुसार सदस्यता शुल्कबाट १ करोड ५१ लाख ५४ हजार ५०२ रुपैयाँ, चन्दाबाट १ करोड ११ लाख ३४ हजार ९०९, लेभीबाट ७७ लाख १८ हजार ३३३, ब्याज आयबाट १६ हजार १८९ र अन्य शीर्षकबाट ७ हजार ७०० रुपैयाँ आम्दानी भएको छ ।