१ असोज काठमाडौँ । गोरखामा डेंगु लागेर १ जना पुरुषको मृत्यु भएकाके छ । गोरखा सदमुकामका भाद्र २४ गते डेंगु संक्रमण देखिएका उनलाई उपचारको लागि गोरखा अस्पतालमा भाद्र ३१ गते राती उपचारको क्रममा मृत्यु भएको हो ।
ज्यान गुमाउनेमा गोरखा नगरपालिका–११ बिरेचोक, बरथोकका ४७ बर्षिय पुरुष भएको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन तथा ल्याब टेक्निसियन नारायणबावु अर्यालले जानकारी दिए । उक्त व्यक्ति भाद्र २४ गते बिरामी भएर गोरखा अस्पतालमा चेकजाच गर्दा रक्त परिक्षणका क्रममा डेंगु देखिएको थियो ।
स्वास्थ्यमा सुधान नआएको भन्दै भाद्र २७ गते बिहीबार थप उपचारको लागि चितवन लगिएकोमा उनको उपचारकै क्रममा ३० गते आइतबार मध्यरातमा मृत्यु भएको उनका आफन्तले जानकारी दिए ।