Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज प्रदेशका पहाडीको एक दुई स्थानमा हल्कादेखि मध्यम बर्षाको सम्भवना

आज प्रदेशका पहाडीको एक दुई स्थानमा हल्कादेखि मध्यम बर्षाको सम्भवना

जोईन खबर

२, आश्विन २०८१
  • 715
    SHARES
  • आज प्रदेशका पहाडीको एक दुई स्थानमा हल्कादेखि मध्यम बर्षाको सम्भवना

    २ असोज काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    images

    हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा  मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    images
    images
    images

    यसैगरी आज राति कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।

    आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान तथा बाँकी भू–भागका एक दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    प्रकाशित मिति :आश्विन २, २०८१ बुधवार - १०:३२:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको