२ असोज काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले नेपालीको मुख्य चाडपर्व दशैँ, तिहार र छठलाई लक्षित गरेर जहाजको नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने भएको छ ।
उडानलाई प्रभावकारी बनाएर यात्रुलाई सहज सेवा दिने उद्देश्यले २४ घण्टाभित्र ६० दिने कार्ययोजना पेसगरी काम गर्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले विभागीय प्रमुखलाई निर्देशन दिनुभएको छ ।
जहाजको नियमित उडानको कार्ययोजना ल्याउन र अत्यावश्यकबाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा कसैलाई पनि नजान नदिने निगमका प्रवक्ता रमेश पौडेलले निर्देशन दिनु भएको छ ।