Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा यस बर्षको संविधान दिवस आजदेखि ४ गते सम्म मनाइने 

गोरखामा यस बर्षको संविधान दिवस आजदेखि ४ गते सम्म मनाइने 

जोईन खबर

२, आश्विन २०८१
  • 607
    SHARES
  • गोरखामा यस बर्षको संविधान दिवस आजदेखि ४ गते सम्म मनाइने 

    २ असोज काठमाडौँ । यस बर्ष गोरखामा संविधान दिवस ३ दिन सम्म मनाउने कार्यकम रहेको छ । सरकारले असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस अवसरमा देशभर सार्वजानिक बिदा दिदै विभिन्न कार्यक्रम गरेको हुन्छ ।

    images

    यसै अवसरमा गोरखामा पनि भव्य रुपमा मनाउनेसंगै  जिल्ला प्रशासन कार्यालय गोरखाले मंगलबार एक सुचना जारी गर्दै संविधान दिवस मनाउने बारे जानकारी गराएको हो । गोरखामा असोज २, ३ र ४ गते गरि ३ दिन सम्म संविधान दिवस मनाउने निर्णय गरीएको छ । त्यस दिन जिल्ला भरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका कार्यालय एवं शैक्षिक संस्था तथा सामुदायिक संघ संस्थाले कार्यालयमा बिदा दिएको हुन्छ ।

    images
    images
    images

    गोरखामा यस दिन राष्ट्रिय झण्डा एवं ब्यानरले सजाई कार्यालय र  नजिकको धार्मिक सांस्कृतिक सम्पदास्थलहरुको सरसफाई गर्ने, सार्वजनिक महत्वका स्थलहरु र आ–आफ्नो घरघरमा दिप प्रज्ज्वलन गर्ने  जिल्ला समन्वय प्रमुख मोहन बहादुर थापा मगरले जानकारी दिनुभयो ।

    त्यस्तै सरोकारवाला संघसंस्था निकाय, कार्यालय तथा नागरिकस्तरमा रचनात्मक, सिर्जनात्मक, सन्देशमुलक तथा जनचेतनामुलक कार्यक्रम गर्ने छ । यस दिवसको दिन सबै जनयुद्वका अमर शहिदहरुको आत्माको चीरशान्तीको कामना सहित उच्चसम्मानका साथ श्रद्धासुमन अर्पड गरी संविधान दिवस मनाईने समन्वय प्रमुख थापा मगरले बताउनुभयो ।

    प्रकाशित मिति :आश्विन २, २०८१ बुधवार - १२:११:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको