२ असोज काठमाडौँ । बझाङको सेती नदीमा ट्र्याक्टर खस्दा दुई जना बेपत्ता भएका छन् । दर्घटना भएको ट्र्याक्टरमा चालक जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढा र २२ वर्षका लोकेन्द्र घर्ती बेपत्ता भएको बझाङका प्रहरी निरीक्षक किशोर जोशीले बताए ।
प्रहरीका अनुसार ट्रयाक्टरमा चालकसहित पाँच जनाले यात्रा गरेका थिए । तीन जनाले हाम फालेर ज्यान जोगाएका छन् ।
ज्यपृथ्वी राजमार्गअन्तर्गत मौरी बगरदेखि झनानातर्फ गुडिरहेको ट्रयाक्टर आज बिहान अनियन्त्रित भएर सडकबाट तल सेती नदीमा खसेको हो ।अहिले प्रहरीले ति दुई जनाकाे खाेजी कार्य भइ रहेकाे छ ।