Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भरतपुर खानेपानी व्यवस्थापन बोर्डको १७ औं वार्षिकोत्सव यसरी सुरु भयो ?

भरतपुर खानेपानी व्यवस्थापन बोर्डको १७ औं वार्षिकोत्सव यसरी सुरु भयो ?

जोईन खबर

२, आश्विन २०८१
  • 667
    SHARES
  • भरतपुर खानेपानी व्यवस्थापन बोर्डको १७ औं वार्षिकोत्सव यसरी सुरु भयो ?

    २ असोज काठमाडौँ । भरतपुर खानेपानी तथा ढल निकास विभागले खानेपानी आपुर्तिको शुरुवात गरेको छ । वि सं २०३३ देखि जुगेडी खोलावाट सुरुवात भएको यस खानेपानी विभागलाई  जापान सरकारले २०५० सालमा केही सहयोगको सुरुवात गरेको थियो ।  यस जापान सरकारले २०५६ श्रावण १ गतेदेखि नेपाल खानेपानी संस्थान भरतपुर शाखालाई हस्तान्तरण गरेको हो ।

    images

    खानेपानी विभागले सुरु गरेको समय पछि २०६१ मा आएको बाढीले जुगेडी प्रणाली क्षतिग्रस्त भई रामनगर र देबघाट क्षेत्रको सेवा अवरुद्ध  बन्ने थियो ।  बाढीले क्षतीग्रस्ता गरेको मूललाई संस्थानले उचित समयमा मर्मत संभार गर्न सकेन। खानेपानी वोर्डको विकासक्रम हेर्दा खानेपानी तथा सरसफाई सेवाको संरचनागत स्वरुपमा धेरै पटक परिवर्तन भएको पाईन्छ । खानेपानीमा  शहरीकरण, अत्याधिक जनघनत्व, वर्षौ पुराना जीर्ण खानेपानीका संरचना,तत्कालीन मौजुदा स्रोत र साधनको अपर्याप्तता एवं नेपाल खानेपानी संस्थानको सेवा प्रवाहमा भएको प्रभावकारिताको कमीले उपभोक्तामा भएको असन्तुष्टि आदिका कारण नगरक्षेत्रभित्र विकराल वन्दै गएको खानेपानीको अत्यावश्यक सेवा सुचारु गरेको हो ।

    images
    images
    images

    यसमा लगानी गर्ने दातृनिकायको सुझाव र चासोसँगै नयाँ आवश्यकता र मागलाई सम्बोधन गर्दे नेपाल सरकारले खानेपानी व्यवस्थापन वोर्ड ऐन जारी गरे पश्चात काठमाण्डौं, भरतपुर र हेटौडा जस्ता ठुला शहरहरु तत्कालीन नेपाल खानेपानी संस्थानवाट वोर्डमा हस्तान्तरण  भएको थियो । खानेपानी ब्यवस्थापन बोर्ड ऐन, २०६३ ले तत्कालीन नगरपालिका क्षेत्रमा खानेपानी तथा सरसफाई सेवालाई नियमित, व्यवस्थित, गुणस्तरयुक्त र सुलभ बनाई यस क्षेत्रका बासिन्दालाई भरपर्दो सेवा प्रदान गर्ने गराउने उद्देश्य सहित नगरपालिकाको परामर्शमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपाल सरकारलाई खानेपानी व्यवस्थापन बोर्ड गठन गर्न सक्ने अधिकार प्रदान गरेको छ ।भरतपुर नगरपालिकाको सिफारिसमा खानेपानी ब्यवस्थापन बोर्ड ऐन २०६३ को दफा ३ (१) बमोजिम नेपाल सरकार तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालय ९हालको खानेपानी तथा सरसफाई मन्त्रालय०, माननीय मन्त्री स्तरको मिति २०६४/०५/३१ गतेको निर्णय अनुसार भरतपुर खानेपानी ब्यवस्थापन बोर्ड गठन भएको हो ।

    नेपाल सरकारले भरतपुर नगरपालिकालाई महानगरपालिका घोषणा गरे पश्चात यस महानगरपालिकाको सम्पूर्ण क्षेत्र नै यस बोर्डको कार्यक्षेत्र हुन गएको छ । बोर्डले नेपाल सरकारसँग  खानेपानी मन्त्रालयर्सग समान्वय गरि त्यस मार्फत सम्पर्क गर्नुपर्ने ब्यवस्था भएको थियो । विभागमा यसै क्रममा १७ औं वार्षिक उत्सव सम्म आईपुग्दा वोर्डले भरतपुर महानगरपालिका १ देखि १६ र २२ आफ्नो सेवा विस्तार गर्दे नेपाल खानेपानी संस्थानवाट प्राप्त ७८ कि।मि पाईपलाईनलाई करिव ११०० कि।मी पाईपलाईनमा विस्तार गरिसकेको छ । हाल वोर्डले दैनिक लगभग ३ करोड ६५ लाख लिटर पानी उत्पादन गरी ४० हजार ग्राहक मार्फत महानगरको करिव ६० प्रतिशत जनसंख्यालाई खानेपानीको सेवा प्रदान गरिरहेको छ । बढ्दो वसाईसराईका कारण भरतपुर महानगरपालिकामा विकसित हुँदै गएको तीव्र शहरीकरण सँगै खानेपानीको अत्याधिक माग भएको परिवेशमा सीमित साधन स्रोतका वावजुद खानेपानीको विस्तार र गुणस्तर वृद्धि गर्नु वोर्डको चुनौती रहेको छ । २०७० सालदेखि कायम रहेको खानेपानीको महशुलदर हालसम्म यथावत नै रहेको छ । नाफामुखी नभई वोर्ड एउटा सामाजिक संस्था समेत भएकाले आफ्ना ग्राहकहरुलाई वढ्दो मुल्यवृद्धिका वावजुद वोर्डले महशुल यथावत राखेको थियो ।

    ईन्धनमा भएको मुल्य वृद्धि, कर्मचारीका तलव भत्ता, मर्मत संभार, विद्युत महशुल आदि कारणले वोर्डले आफ्नो महशुलमा परिमार्जन गर्नुपर्ने देखिन्छ । स्थापनादेखि आज १७ औं वार्षिक उत्सव मनाईरहँदा वोर्डको कार्यक्षेत्र र समयको परिवेशमा धेरै परिवर्तन भईसकेको छ । महानगरमा वढ्दै गएको शहरीकरण र जनघनत्व र दु्रत गतिमा भएको विकास सँगै हुने सडक विस्तार, ढल निर्माण, विद्युतीय खम्बा प्रतिस्थापन, पटक पटक हुने विद्युतीय आपुर्तिमा कटौती , सुख्खा तथा गर्मी याममा पानीको माग वढी हुने समयमा नै विद्युतीय भोल्टेजमा हुने कमी र यसका कारणले पानी उत्पादन कम हुने, सम्पुर्ण स्रोतहरु भूमिगत भएको वोर्डमा प्रयोग हुने पम्प मोटरमा हुने क्षति र यसको मर्मत सम्भारमा लाग्ने समय, विद्युतीय ट्रान्सफर्मरको मर्मत र प्रतिस्थापन गर्दा निर्भर हुनुपर्ने विद्युतीय प्रक्रिया र कार्यशैलीका कारण अल्पकालीन रुपमा केही क्षेत्रहरुमा पानी आपुर्तिमा प्रभावित हुन पुग्ने देखिन्छ  भरतपुर जस्तो विकसित शहरमा वोर्डले अल्पकालीन, मध्यकालीन र दिर्घकालीन कार्ययोजनाका साथ अगाडि बढ्नुपर्ने देखिन्छ ।

    यसका लागि सोही अनुसार जनशक्तिको व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसो गर्न नसकिएमा दिर्घकालीन रुपमा महानगरमा भूमिगत पानीको आपुर्तिमा समस्या आउन सक्दछ । परिवर्तित परिवेश अनुसारबोर्डको व्यवसायिकता प्रबर्द्वन, क्षमता विकास र नव प्रवर्तनात्मक कार्यहरुमा अझ क्रियाशील हुन जरुरी छ । बोर्डमा हालसम्म नदेखिएको त्यस खालको समस्या भविष्यमा समेत आउन नदिई यसको सेवा प्रवाहलाई अझ बढी चुस्त र प्रभावकारी तुल्याई सवैको साथ र सहयोगमा निश्चित सुधारका उपायहरु अवलम्बन गर्न सकेमा वोर्डलाई खानेपानी क्षेत्रको नमुना कार्यालयको रुपमा स्थापित गर्न सकिने देखिन्छ ।संजय बराल

    प्रकाशित मिति :आश्विन २, २०८१ बुधवार - १६:१६:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको