Logo

बिहिवार, कार्तिक १३ गते २०८३

टुँडिखेलको खुल्लामञ्चमा संविधान दिवसको अवसरमा विभिन्न समारोह गरि मनाउदै

टुँडिखेलको खुल्लामञ्चमा संविधान दिवसको अवसरमा विभिन्न समारोह गरि मनाउदै

जोईन खबर

३, आश्विन २०८१
  • 628
    SHARES
  • टुँडिखेलको खुल्लामञ्चमा संविधान दिवसको अवसरमा विभिन्न समारोह गरि मनाउदै

    ३ असोज काठमाडौं । संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेल खुल्लामञ्चमा आज विभिन्न समारोह आयोजना गरि मनाइएको छ ।संविधान दिवसको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् ।

    images

    साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट अतिथिहरु पनि सहभागी भएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले साँस्कृतिक झाँकी प्रस्तुत गरेका छन् । साथै नारायणहिटी दरबार अगाडिको सडकमा आज साँझ सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको छ ।

    images
    images
    images

    नेपाली जनताको सातदशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । सोही दिनको स्मरणमा सरकारले ३ असोजलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रूपमा मनाउने गर्दछ ।

    संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आह्वान गरेका छन् ।सरकारले संविधान दिवसका अवसरमा राष्ट्रिय झण्डा फहराउन र घरघरमा दीपावली गर्न सबैमा आह्वानसमेत गरेको छ ।

    प्रकाशित मिति :आश्विन ३, २०८१ बिहिवार - ११:०६:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको