Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बिरामी भएका राउटे युवाको उपचारको क्रममा मृत्यु

बिरामी भएका राउटे युवाको उपचारको क्रममा मृत्यु

जोईन खबर

३, आश्विन २०८१
  • 673
    SHARES
  • बिरामी भएका राउटे युवाको उपचारको क्रममा मृत्यु

    ३ असोज काठमाडौँ । लोपोन्मुख राउटे समुदायका एक युवाको प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय वृषबहादुर शाही रहेको गुँरास गाउँपालिका वडानम्बर-१ का वडाध्यक्ष धर्मबहादुर रावलले जानकारी दिए ।

    images

    उनका अनुसार ६ महिना अघिदेखि बिरामी रहेका शाहीलाई भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको थियो । जाँच गर्दा उनलाई डाक्टरले टिबी भएको बताएका थिए ।

    images
    images
    images

    डिस्चार्जपछि हाल बसोबास भएको ठाउँ दैलेखको गुराँस गाउँपालिका-१ सिमेसाल फर्किंदै गर्दा सुर्खेतको कल्यानकाँधमा बुधबार राति ९ बजेतिर मृत्यु  भएको हो । अब राउटेको जनसङ्ख्या घटेर १३४ मा झरेको छ । २०७५ असारदेखि यता यो समुदायमा ४३ जनाको मृत्यु भएको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।

     

    प्रकाशित मिति :आश्विन ३, २०८१ बिहिवार - १४:३५:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको