४ असोज काठमाडौँ । गोरखा जिल्लामा रहेको खाद्य तथा ब्यापार कम्पनीले चार्डपर्वलाई लक्षित गर्दै आजदेखी लागु हुने गरि सस्तोमा चामल बिक्री वितरण गर्ने भएको छ । यस कम्पनीले दशैं, तिहार र छठलाई लक्षित गर्दै खाद्म गोरखा शाखाले सस्तोमा चामल बिक्री गर्न लागेको सूचना अधिकारी शिव सुनारले जानकारी दिए ।
उक्त कम्पनीले बिक्री गर्दै आएको चामलमा प्रति केजी ५ रुपैयाँ छुट दिएर बिक्री गर्न लागेको हो ।कम्पनी संग रहेको स्टिम जिरा मसिनो प्रति केजी ८५ रुपैयाँमा बिक्री र सोना मन्सुली पनि प्रति केजी ५ रुपैयाँ छुटमा गरी यस अघि ६६ रुपैयाँ प्रति केजी बिक्री गर्दै आएको उक्त चालम आजदेखी ६१ रुपैयाँमा बिक्री गरिएको हो ।
यस भन्दा अघि जिरा मसिनो चालम प्रति केजी ९० रुपैयाँमा बिक्री गर्दै आएको थियो ।कम्पनीले आफु संग संरक्षित रहेको २५ केजीको स्टिम जिरा मसिनो आजदेखी २ हजार १२५ रुपैयाँ प्रति बोरामा बिक्री गर्न लागेको कम्पनीका निमित्त शाखा प्रुमुख तिर्सना आलेमगरले बताए ।प्रमुख आलेमगका अनुसार कम्पनी संग रहेको शाखाले दिएको जानकारी अनुसार २५ केजीको बोरामा रहेको सोना मन्सुली आजदेखी १ हजार ५२५ रुपैयाँ बोरा बिक्री हुदै छ ।
कम्पनीले चार्डपर्वलाई लक्षित गरी सोना मन्सुली ३५० क्विन्टल र स्टिम जिरा मसिनो १०० क्विन्टल बिक्री गर्ने लक्ष्य राखेको छ । सहुलियत दरमा दिने उक्त चामल प्रति ब्यत्ती २ बोरासम्म लान मिल्ने पनि कम्पनीले जनाएको छ ।केही बर्षदेखी चार्डपर्व लक्षित सहुलियत दरमा चामल बिक्री गर्दै आएको शाखालाई कुल ५०० क्विन्टल चामल बिक्री गर्न अनुमती प्राप्त भएको पनि सूचना अधिकारी सुनारले बताए ।