४ असोज काठमाडौँ ।गोरखाको भिमसेन थापा गाउँपालिका रहेको सांग्रिला डेभलपमेन्ट बैंक घ्याम्पेसाल शाखाले दुई बिद्यालयको बिद्यार्थीहरुलाई झोला वितरण गरेका छन् ।
उनीहरुले सामाजिक उत्तरदायित्व अन्तरगत भिमसेनथापा गाउँपालिका–१ को दुल्लभ मावि र बारपाक सुलिकोट गाउँपालिका ७ पाँचखुवा देउराली शैलपुत्री माविका बिद्यार्थीलाई झोला वितरण गरिएको बैंकका शाखा प्रमुख चित्रबहादुर भट्ट जानकारी दिनु भयो ।
उक्त बैकले दुई वटा विद्यालयमा जम्म ४२ जना बिद्यार्थीहरुलाई झोला वितरण गरेका हुन् । साथै वित्तिय साक्षरता कार्यक्रम समेत गरिएका बताइएको छ ।
बैकले बुधबार एक कार्यक्रमबिच विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रध्यानध्यापक, शिक्षक एवं अभिभावकहरुको उपस्थितीमा झोला वितरण गरिएको हो ।