Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 शहरी विकासमन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी 

 शहरी विकासमन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी 

जोईन खबर

४, आश्विन २०८१
  • 661
    SHARES
  •  शहरी विकासमन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी 

    ४ असोज काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान श्रेष्ठलाई  कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली अमेरिका प्रस्थान गर्ने भए पछि उनलाई प्रधानमन्त्रीको जिम्मेवारी दिएको हो ।

    images

    शुक्रबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिइएको जनाकारी गराएएको छ । विज्ञप्तिमा भनिएको छ, प्रधानमन्त्री केपी शर्मा ओलीज्यू संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन सम्बत् २०८१ असोज ४ गते संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नुहुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिशमा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ।

    images
    images
    images

    प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभाको ७९ औँ अधिवेशनमा भाग लिन नेपाली टोलीको अमेरिका प्रस्थान गरिसकेका छन्। प्रधानमन्त्री असोज १४ गते नेपाल फर्कने तालिका  रहेको छ।

    प्रकाशित मिति :आश्विन ४, २०८१ शुक्रवार - १२:५६:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको