Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको  राष्ट्रिय सम्मेलन असोज १० देखि १४ सम्म अुने सम्मेलनमा ६ जना उपाध्यक्ष सहमत नरहेको 

 माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको  राष्ट्रिय सम्मेलन असोज १० देखि १४ सम्म अुने सम्मेलनमा ६ जना उपाध्यक्ष सहमत नरहेको 

जोईन खबर

४, आश्विन २०८१
  • 691
    SHARES
  •  माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको  राष्ट्रिय सम्मेलन असोज १० देखि १४ सम्म अुने सम्मेलनमा ६ जना उपाध्यक्ष सहमत नरहेको 

    ४ असोज काठमाडौँ । नेकपा माओवादी केन्द्रको निकट बिधार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० देखि १४ सम्म चल्ने निर्णय भएको छ । यो संगठनको अहिले हुने भेला २३ औँ राष्ट्रिय सम्मेलन हो । उक्त सम्मेलनलाई ६ जना उपाध्यक्षहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय सम्मेलनको मिति तय भएकोमा आफूहरु पूर्ण असहमत रहेको  बताएका छन् ।

    images

    राष्ट्रिय सम्मेलनको मिति र परीषाको मिति नजुध्ने गरी सम्मेलनको नयाँ समय तालिका सार्वजनिक गर्न आग्रह गरेका छन् ।संगठनका उपाध्यक्ष लक्ष्मीप्रसाद जोशी, गजेन्द्र देव, सुर्यनारायण साह, अमरराज शाही, डा।अच्युत भट्ट र केशव रावलले संयुक्त रुपमा जारी गरिएको विज्ञप्तीमा असोज १० देखि १४ सम्म सम्मेलन गरिएमा त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयका झण्डै ४५० भन्दा बढी आयोजक समिति सदस्यको परीक्षा भएको भन्दै उनीहरु कि त परीक्षाबाट बञ्चित हुने कि त सांगठनिक जिवन समस्यामा पर्ने जनाएका छन् ।

    images
    images
    images

    यस अघि असोज २ गतेका लागि तय भएको अखिल ९क्रान्तिकारी०को २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको थियो ।संगठनका फ्याक्सन इन्चार्ज हिमाल शर्माको उपस्थिथिमा अध्यक्ष पञ्चा सिंहको अध्यक्षतामा पार्टी कार्यालय पेरिसडाडामा बिहीबार बसेको केन्द्रीय कार्यालयको बैठकले असोज १० देखि १४ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो ।

     

    प्रकाशित मिति :आश्विन ४, २०८१ शुक्रवार - १७:१५:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको